प्रदेश सरकार
प्रदेश न.१
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल फाप्लु
सोलुखुम्बु
परिचय

सोलुखुम्बु जिल्लाको फाप्लु स्थित यस अस्पताल सर एडमण्ड हिलारीद्वारा  स्थापना भई सन् १९८१ मा १५-बेडको स्वीकृत दरबन्दीमा संचालन  हुने गरी  नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । नवनिर्मित २५-बेडको भवन संरचनामा यस अस्पताल सरे पश्चात करिव ५० शैय्या राखी कोशी प्रदेश सरकार अन्तर्गत यस अस्पताल संचालन भइरहेको अवस्था छ ।  स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक श्री डा. मिङ्गमार ग्याल्जेन शेर्पाज्युको प्रमुख नेतृत्वमा करिव २५ वर्ष चलेको यस अस्पतालको जिम्मेवारी २०८०।०५।१३ देखि हालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रशान्त शाह लगायतको टोलीको काँधमा रहेको छ । यस अस्पतालको अस्पताल संचालन तथा ब्यबस्थापन समितिको अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख  श्री कृष्ण प्रसाद निरौला हुनुहुन्छ।